Section 32
अधिकार प्राप्त अधिकारीले सूचना गर्न सक्ने
दफा ३१ को उपदफा (१) बमोजिमको म्यादभित्र दर्ताको प्रमाणपत्र नवीकरण गर्न नल्याएमा कूटनीतिक सुविधा प्राप्त सवारीको सम्बन्धमा अधिकार प्राप्त अधिकारीले परराष्ट्र« मन्त्रालय मार्फत सम्बन्धित कूटनीतिक नियोग, कार्यालय वा व्यक्तिलाई त्यस्तो सवारीको दर्ताको प्रमाणपत्र नवीकरण गर्न सूचना गर्न सक्नेछ ।